२८ वैशाख २०८३, सोमबार
11 May , 2026,Monday

संसद् दिवसः यसरी बसेको थियो पहिलो संसद् बैठक

काठमाडौँ । आज संसद् दिवस हो । अर्थात् देशमा पहिलो पटक जन निर्वाचित संसद्को बैठक बसेको दिन हो आज । 

मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको वि.सं. २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो ।

मुलुकमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिन्छ । संसद् स्थापनाको स्मरण गर्दै आज संघीय संसद् र परामर्शदाता संस्था पूर्व सांसद मञ्चले विविध कार्यक्रम आयोजना गरिएका छन् ।

पहिलो संसद्ले २०१६ असार १९ गते नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो । उनी २०१७ साल पुस १ गतेसम्म सभामुखको भूमिकामा क्रियाशील थिए । 

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था घोषणा गरेपछि जन निर्वाचित संसद् भङ्ग भएको थियो । देशको संसदीय इतिहास अन्य मुलुकको तुलनामा नयाँ होइन । पहिलो संसद्को निर्वाचन भएको छ दशकभन्दा बढी भएको छ । 

बलियो संसद् लोकतन्त्रको आधारशिला भएको बताउँदै राजनीतिक विश्लेषकहरूले संसद्लाई लोकतन्त्रको मन्दिरका रूपमा लिनुपर्ने बताएका छन् । उनीहरूका अनुसार लोकतान्त्रिक संसद्को आधारभूत चरित्र भनेको पारदर्शी, जनउत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्