२० जेठ २०८३, बुधबार
3 June , 2026,Wednesday

बेग्लाबेग्लै दुर्घटनामा दुई जनाको मृत्यु

फाइल फोटो

काठमाडौँ । आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु भएको छ। बनेपा नगरपालिका–३ तीनघरेमा बसको ठक्करबाट एक युवक तथा सोही नगरपालिका– ८ मा जिपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार बसको ठक्करबाट बनेपाका १६ वर्षीय राजेश तामाङ र जिपले ठक्कर दिँदा बनेपा–१० पुलबजारका ८० वर्षका गङ्गालाल मानन्धरको मृत्यु भएको हो। दुर्घटनामा संलग्न चालक र सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्