बालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने पक्राउ
फाइल फोटो
काठमाडौँ । बालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा काठमाडौँ टोखा नगरपालिका-२६ नयाँ बसपार्कस्थित निमा गेष्ट हाउसका सञ्चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका-६ घर भएका २९ वर्षीय सुजन तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले काठमाडौँ टोखा नगरपालिका-९ बाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा सुजनले उक्त गेष्ट हाउसमा बालिकालाई सरसफाइको काममा लगाइदिने भन्दै आर्थिक प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाएको, एक महिनासम्म गेष्ट हाउसबाट बाहिरसमेत निस्कन नदिई बिरामी भएको समयमा समेत जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको खुल्न आएको छ ।
प्रहरीका अनुसार उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।