२४ वैशाख २०८३, बिहिबार
7 May , 2026,Thursday

एक वर्षमा विश्वभर ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ

फाइल फोटो

सन् २०२३ मा विश्वभर करिब ८५ हजार महिला तथा बालिकाको हत्या भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । जसमा ६० प्रतिशत हत्या साथी तथा परिवारका सदस्यहरूद्वारा गरिएको उल्लेख छ ।
संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) र राष्ट्रसंघको महिला विभागले महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाउन प्रकाशित गरेको प्रतिवेदनले गत वर्ष हरेक १० मिनेटमा एक महिलाको हत्या भएको जनाएको छ ।
प्रतिवेदनअनुसार अफ्रिकाले गत वर्ष साझेदार र परिवारसँग सम्बन्धित महिला हत्याको उच्चतम दर रेकर्ड गरेको छ । त्यसपछि अमेरिका र ओसिनिया रहेका छन् ।
प्रतिवेदनले अपराधीहरूलाई जबाफदेही बनाई अब्बल न्याय प्रणालीका लागि जीवितहरूलाई सहयोग सुनिश्चित गर्नुपर्ने बताउँदै युएनओडिसीका कार्यकारी निर्देशक घडा वलीले लैंगिक पूर्वाग्रह तथा महिलाविरुद्धको हिंसालाई अन्त्य गर्न आह्वान गरेका छन् ।
- एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्