३० भदौ २०८३, मङ्गलबार
15 September , 2026,Tuesday

आज भू-संरक्षण दिवस: वृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम गरेर मनाइँदै

काठमाडौं । राष्ट्रिय भू–संरक्षण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज वन तथा वातावरण मन्त्रालय लगायत विभिन्न संघ संस्थाले अन्तरक्रियाका साथै वृक्षारोपण गर्ने कार्यक्रम राखेको छ ।

बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्‍याउन एवम् भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले विसं २०३१ साउन २४ गतेदेखि दिवस मनाउन थालिएको हो ।

वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावका दृष्टिकोणले नेपाल उच्च जोखिममा छ । संवेदनशील भू–धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक बनावटका कारणले गर्दा मानवजन्य तथा प्राकृतिक प्रकोपका प्रभावबाट ठूलो जनधनको क्षति र वातावरणीय समस्या बेहोर्नुपरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्