२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

चार कम्पनीबाट ११ लाख कित्ता शेयर झिकेर बाहिरिँदै एनआईसी एसिया बैङ्क

काठमाडौँ । एनआईसी एसिया बैङ्कको स्वामित्वमा रहेको ४ वटा कम्पनीको ११ लाख माथिको कित्ता लिलामीमा राखिएको छ । बैङ्कले एकैपटक ती कम्पनीहरूबाट आफ्नो लगानी झिक्ने योजनाका साथ उक्त सेयर बिक्रीमा राखेको हो ।
मंगलबार सूचना जारी गर्दै बैङ्कको स्वामित्वमा रहेको नेपाल पूर्वाधार विकास बैङ्क (निफ्रा) को ९ लाख ६५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । यो कम्पनीको सेयर बैङ्कले प्रतिकित्ता १०१ रुपैयाँमा बिक्रीमा राखेको छ ।
यस्तै बैङ्कले सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टको ५० हजार कित्ता सेयर प्रतिकित्ता ८३३ रुपैयाँका दरले बिक्रीमा राखेको छ । योबाहेक सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ५१ हजार ८०५ कित्ता सेयर प्रतिकित्ता ३९९ रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ९२ हजार ३४९ कित्ता सेयर प्रतिकित्ता १८५ रुपैयाँमा बिक्रीमा राखेको हो ।
बैङ्कले निफ्राको सेयर भने न्यूनतम मूल्यमै लिलामीमा राखेको हो । उक्त सेयर सिमिति लगानीकर्ताले मात्रै किन्न पाउने व्यवस्था सहित आवेदन माग गरिएको छ ।
जस्तो सिटिजनस इन्भेस्टमेन्टको बोलकबोलमा बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनी मात्रै सहभागी हुन पाउनेछन् भने निफ्रा, सूर्योदय वोमी लघुवित्त र सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयरमा  संस्थागत लगानीकर्ताले मात्रै आवेदन दिन पाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्