११ साउन २०८३, सोमबार
27 July , 2026,Monday

सुनको मूल्यले तोड्यो रेकर्ड, हालसम्मकै उच्च मूल्यमा कारोबार

काठमाडौँ । लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ 'रेकर्ड' कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ६ सय रुपैयाँ पुगेको छ । गत शुक्रबार प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन हजार रुपैयाँले वृद्धि भएको हो ।
शुक्रर चाँदी प्रतितोला एक हजार सात सय ६० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक हजार आठ सय १० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले वृद्धि भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्