राजस्वबाट संकलित रकम सार्वजनिक ऋणमा खर्च गर्नुपर्ने बाध्यता बढ्यो: अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका निम्ति जुटाउनुपर्ने सरकारी लगानी विश्वभरि नै कम हुँदै गएको बताएका छन् । अर्थ मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ र यूएनले
मंगलबार
संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताए ।
राजस्वबाट संकलन हुने रकम सार्वजनिक ऋण तिर्नमा खर्च गर्नुपर्ने बाध्यता बढेको उनले सुनाए । त्यसकारण लगानी गर्ने सरकारी खर्च कम हुँदै गएको अर्थमन्त्री पौडेलले उल्लेख गरे ।
नेपालमा जलवायु परिवर्तनको मुद्दा ज्वलन्त बन्दै गएको बताउँदै उनले अन्तर्राष्ट्रिय फोरममा यस्ता मुद्दालाई स्थान दिइनुपर्नेमा जोड दिए ।
हाल नेपाल सरकार रोजगारीसहितको विकासका पक्षमा रहेको उनले बताए ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि, साना तथा मझौला उद्योगमा गएको कर्जाले अर्थतन्त्रमा ठूलो योगदान गर्ने बताए । निजी क्षेत्रमा जाने कर्जा बढेको उनको भनाइ छ । राष्ट्र बैंकले आर्थिक अवस्थालाई मध्यनजर गरेर समयानुकूल नीति बनाउँदै आएको उनले जानकारी गराए ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?