१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

दसैँमा सर्वसाधारणले नयाँ नोट नपाउने

काठमाडौँ । यस पटकको दसैँमा सर्वसाधारणले नयाँ नोट नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नदिने तयारी गरेको छ । 

बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने बताए । राष्ट्र बैंकले हरेक दसैँ तिहारलाई लक्षित गर्दै नयाँ नोट सहटी गर्दै आएको थियो । 

नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो, तर सकेको थिएन ।  उक्त योजना यस पटकको दसैँबाट लागू गरिने बताइएको छ । 

दसैँ तिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यस पटक पनि सुविधा दिनेछ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैंकले जनाएको छ ।

नेपाली बजारमा अहिले ६ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्