२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

सुनको मूल्यमा हालसम्मकै कीर्तिमान, तोलाको एक लाख ५९ हजार नाघ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सोमबार हालसम्मकै उच्च विन्दु कायम भएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । उक्त मूल्य पार गर्दै सोमबार नयाँ रेकर्ड कायम भएको हो । आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्