१८ प्रतिशतले बढ्यो साउन महिनामा विप्रेषण
फाइल फोटो
काठमाडौँ । चालु आर्थिक वर्षको साउन महिनामा विप्रेषण आप्रवाह १८ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार साउन महिनामा विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भई १३६ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।