चाडपर्वको मुखैमा घट्यो इन्धनको मूल्य
फाइल फोटो
काठमाडौँ । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको मूल्य घटाइएको हो ।
आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेलमा दुई रुपैयाँ, हवाई इन्धनमा आन्तरिकमा छ रुपैयाँ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५ रुपैयाँ, मट्टितेलमा दुई रुपैयाँ घटाइएको जनाएको छ । त्यस्तै एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत् राखिएको निगमले जनाएको छ ।
इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?