२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

विपद् उद्धार कोषमा भाटभटेनीका सञ्चालन दम्पतीले दिए एक करोड ११ लाख

तस्बिरः प्रधानमन्त्री ओलीको फेसबुक

काठमाडौँ । प्राकृतिक विपद् उद्धार कोषमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ दम्पतीले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । 

उनीहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोषमा जम्मा गर्न उक्त रकम बराबरको चेक दम्पतीले हस्तान्तरण गरेका हुन् ।

उक्त रकम कोषमा जम्मा गरिएको प्रधानमन्त्री ओलीले बताएका छन् । साथै मीनबहादुर परिवारलाई ओलीले धन्यवाद पनि दिएका छन् ।

'विदेशबाट फर्के लगत्तै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भयो । उहाँहरूले बाढी पहिरो पीडितको राहतका लागि एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक दिनुभयो', प्रधानमन्त्री ओलीले भने, 'उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको छ। मीनबहादुर गुरुङको परिवारलाई धन्यवाद ।'


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्