लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
फाइल तस्बिर
काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरूलाई १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् । सुनसरीको दुहवीमा प्रधान कार्यालय रहेको संस्थाको हाल चुक्तापुँजी १ अर्ब ५ करोड ५५ लाख रुपैयाँ रहेको छ ।
ग्रामीण अर्थतन्त्रलाई चलायमान गराउन र महिलालाई आत्मनिर्भरता तर्फ जोड्न फरवार्डले गाउँ गाउँमा पुँजी पुर्याउँदै आएको छ । संस्था देशका ४० जिल्लाहरूमा सञ्चालित छ । संस्थामा करिब तीन लाख महिला सदस्यहरू रहेको संस्थाले जनाएको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?