२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

धितो पत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित

काठमाडौँ । नेपाल घितोपत्र बोर्डको अध्यक्षका लागि पूर्व निर्धारित अन्तर्वार्ता स्थगित भएको छ । 
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उनी अस्वस्थ्य भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकहरूमध्ये स‌ंक्षिप्त सूचीमा समावेश भएका तीन जना आवेदकले आज व्यावसायिक कार्य योजनाको प्रस्तुति र अन्तर्वार्ता गर्ने कार्यक्रम थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्