२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

प्रधानमन्त्री उद्धार कोषमा पौने दुई अर्ब रुपैयाँ जम्मा

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झन्डै पौने दुई अर्ब रुपैयाँ जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा अहिलेसम्म एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ रकम जम्मा भएको हो । उद्धार कोषमा असोज २३ गतेसम्म एक अर्ब ७३ करोड छ लाख ३२ हजार दुई सय ९० रुपैयाँ जम्मा भएको थियो ।
गत असोज २३ यता स्वर्ग पवित्रा सत्य सुन्दर समाजले तीन लाख रुपैयाँ, (एसआइएमओएन) ले एक लाख ९३ हजार एक सय १ रुपैयाँ, विद्युत् उत्पादन कम्पनीले पाँच लाख ९६ हजार सात सय ४५ रुपैयाँ, साल्टट्रेडिङ्ग कर्पोरेसनले ६० लाख, (एनआरएनए) ले ५१ लाख रुपैयाँ, नेशनल इन्सुरेन्स कम्पनी दश लाख रुपैयाँ, राष्ट्रिय समाचार समितिले तीन लाख २६ हजार ३८ रुपैयाँ, सोनापुर टोल विकास संस्थाले १३ हजार तीन सय १५ रुपैयाँ, झरबारी टोल विकास समितिले तीन हजार रुपैयाँ, नेपाल प्रहरी श्रीमती सङ्घले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ, विधाधर मल्लिकले सात हजार छ सय ७१ रुपैयाँ सहयोग गरेको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्