१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?

फाइल फोटो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलामा १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको हो । बुधबार सुनको मूल्य तोलामा १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको थियो । 

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार  भइरहेको  छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्