१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

समस्याग्रस्त १८ सहकारीलाई १५ दिनभित्र पैसा तिर्न समितिको निर्देशन

फाइल फोटो

काठमाडौँ । समस्याग्रस्त १८ वटा सहकारीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न सरकारले निर्देशन गरेको छ । 
नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १५ दिने सूचना जारी गर्दै समस्याग्रस्त १८ सहकारी संस्थाहरूलाई दायित्व भुक्तानी गर्न निर्देशन गरेको हो । 
मन्त्रालयले सहकारी ऐन, २०७४ को दफा १०४ अनुसार समस्याग्रस्त घोषित सहकारी संस्थाहरूका ऋणी सदस्यहरू, सञ्चालकहरू, र व्यवस्थापकहरूलाई पटक पटक सूचना दिएर पनि सम्पर्क नगरेको भन्दै सम्पत्ति रोक्का र कालोसूचीमा राख्न चेतावनी दिएको छ ।
समितिले यसअघि ३५ दिने सूचना राष्ट्रिय पत्रपत्रिकाहरू र अन्य मिडिया मार्फत सार्वजनिक गरिसकेको थियो, तर अधिकांश ऋणी सदस्यहरूले आफ्नो दायित्व तिर्न वा सम्पर्क गर्न असफल भएको मन्त्रालयको भनाइ छ । 
१५ दिन भित्र सबै दायित्व फरफारक नगरेमा दायित्व बाँकी रहेका व्यक्ति, निजको एकाघर परिवारको सम्पत्ति तथा बैङ्क खाता रोक्का गर्ने, कालोसूचीमा राख्ने र रोक्कामा राखिएका सम्पत्ति लिलाम बिक्री गरी ऋण असुल गर्ने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्