२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

दोहोरो अंकले बढेर २७ सय ७५ विन्दुमा पुग्यो शेयर बजार, कारोबार रकम भने घट्यो

फाइल फोटो

काठमाडौँ । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । 
शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ८० अंकले बढेर दुई हजार सात सय ७५ दशमलव ८५ विन्दुमा पुगेको छ । आज बैंक, विकास बैंक, होटल, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, जलविद्युत्, बीमा, व्यापार समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।
आज दिव्यश्वरी, इन्ग्वा, खानीखोला, जोशी र सुपर माई हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन अपर स्यान्डे हाइड्रोपावर कम्पनीको शेयर भने साढे नौ प्रतिशतले घटेको छ । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो साढे १० अर्बको कारोबार भएकोमा आज तीन सय सात वटा कम्पनीका एक करोड ८१ लाख कित्ता शेयर आठ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्