सरकारले मदिरा, सुर्तीजन्य वस्तु, क्यासिनो, जुवाघर लगायत ६ क्षेत्रमा लगानी नगर्ने, ऋण पनि नदिने
फाइल फोटो
काठमाडौँ । सरकारले ६ वटा क्षेत्रमा सेयर पुँजी लगानी तथा ऋण प्रवाह नगर्ने भएको छ । सरकारले सेयर तथा ऋण लगानीसम्बन्धी नीति २०८१ जारी गर्दै त्यस्तो क्षेत्र तथा उपकरणमा लगानी बन्द गर्ने उल्लेख गरेको हो ।
यस अनुसार बहुराष्ट्रिय निकायमा नेपालले ऋण लगानी गर्ने छैन । त्यस्तै, व्यक्तिलाई सीधै ऋण लगानी समेत गर्ने छैन । त्यस्तै, स्वदेशी तथा विदेशी धितोपत्र बजारमा समेत नगर्ने सरकारको नीति छ ।
क्षेत्रगत रूपमा तीन वटा क्षेत्रमा सरकाले लगानी नगर्ने भएको छ । यसमा मदिरा तथा सुर्तीजन्य वस्तु, उत्पादन तथा बिक्री वितरणमा हुने लगानी, क्यासिनो तथा जुवाघर तथा यस्तै किसिमका सट्टेबाजी गर्ने व्यवसायमा हुने लगानी तथा वैदेशिक रोजगार व्यवसायमा हुने लगानी समेत सरकारले नगर्ने नीति लिएको छ ।
यसअघि गत असोज २२ गतेको मन्त्रिपरिषद् बैठकले नै उक्त नीति स्वीकृत गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सरकारले अहिले नीति सार्वजनिक गरेको हो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?