२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

उपप्रधान तथा अर्थमन्त्री पौडेल थाइल्यान्ड प्रस्थान

तस्बिरः अर्थमन्त्रीको सचिवालय

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्यान्ड प्रस्थान गरेका छन् ।
एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्यान्ड गएको उनको सचिवालयले जनाएको छ ।
एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गर्ने उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक पुस २ र ३ गतेसम्म हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्