२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

उद्योग वाणिज्य महासंघ चीनको मानार्थ प्रतिनिधिमा अमगाईं नियुक्त

फाइल फोटो

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका लागि चीनको मानार्थ प्रतिनिधिमा दुर्गाप्रसाद अमगाईं नियुक्त भएका छन् ।

महासंघले अमगाईंको अनुभव र कार्यक्षमताले नेपालमा विदेशी लगानी बढ्ने, नेपाल–चीनबिचको व्यापार अभिवृद्धि हुने र दुई देशबिचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरेको छ ।

उनले चिनियाँ चम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघबिच सम्बन्ध विस्तारमा काम गर्दै आएका छन् । उनको सक्रियतामा दुई संस्थाबिच विभिन्न समझदारी, व्यवसाय विस्तार र सहकार्य हुँदै आएको छ

। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्