३० साउन २०८३, शनिबार
15 August , 2026,Saturday

साना कम्पनीको सेयरमा सरकारले देख्यो ‘रिस्क’, कारोबारका लागि अब छुट्टै प्लेटफर्म

काठमाडौं । साना तथा मझौला कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि छुट्टै नियमावली आएको छ ।

मन्त्रिपरिषदको पुस २६ गते बसेको बैठकले स्वीकृत गरेको उक्त नियमावली बिहीबारदेखि लागु भएको नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जनाएको छ ।

यो नियमावलीसँगै २५ करोडभन्दा कम चुक्ता पुँजी भएका कम्पनीका लागि छुट्टै व्यवस्था अन्तर्गत आईपीओ निष्कासन तथा कारोबारको स्वीकृतिसम्बन्धी व्यवस्था अघि बढ्ने सेबोनका प्रवक्ता तथा उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे बताउँछन् ।

नयाँ नियमावली अनुसार आईपीओ निष्कासन गर्ने कम्पनीले पनि अहिलेको ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३’ मा भएको व्यवस्थाजस्तै पब्लिक कम्पनीमा दर्ता हुनुपर्ने, कारोबार भएको एक आर्थिक वर्ष पूरा भएको हुनुपर्ने, साधारणसभा तथा लेखापरीक्षण नियमित रूपमा भएको हुनुपर्ने, धितोपत्र निष्कासनका लागि बिक्री प्रबन्धक वा प्रत्याभूतिकर्ता नियुक्त गर्नुपर्ने व्यवस्था गरिएको छ ।

संस्थापकले चुक्ता गर्न कबोल गरेको सबै रकम चुक्ता भइसकेको हुनुपर्ने, आईपीओ स्वीकृति पाएपछि आह्वानपत्र प्रकाशन गर्नुपर्ने लगायतका व्यवस्था छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्