२८ वैशाख २०८३, सोमबार
11 May , 2026,Monday

बिमा प्राधिकरणको नीति तथा कार्यक्रम, विद्यार्थी बिमा अनिवार्य गराइने

काठमाडौँ नेपाल बिमा प्राधिकरणले पहिलो पटक नीति तथा कार्यक्रम ल्याएको छ । प्राधिकरणले बिमा बजारलाई प्रभावकारी बनाउन यसै वर्षदेखि नीति तथा कार्यक्रम ल्याएको हो । 

प्राधिकरणले मंगलबार आगामी आर्थिक वर्ष २०८२/८३ को लागि वार्षिक बिमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । आगामी वर्षहरू आर्थिक वर्ष सुरु हुनुभन्दा अगाडि नीति तथा कार्यक्रम ल्याइने बताइएको छ । सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको बिमा गर्ने व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

त्यसैगरी आगामी वर्ष विद्यालय तथा उच्च शिक्षाको पाठ्यक्रममा बिमासम्बन्धी विषय समावेश गरिने उल्लेख छ । नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि प्राधिकरणले छुट्टै युनिट गठन गरेको पनि जानकारी दिइएको छ । 

पहिलो पटक प्राधिकरणले नीति तथा कार्यक्रम ल्याएको प्राधिकरणका अध्यक्ष शरद ओझाले बताए । आगामी वर्षमा नीति तथा कार्यक्रममा समेटिएका कुरा कति कार्यान्वयन भए भनेर समेत समीक्षा गरिने उनले बताए । 

यो नीतिमार्फत एक वर्षभरी गरिने कामको बारेमा सरोकारवालालाई जानकारी दिइने प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदीले बताए । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्