यातायात व्यवसायीले लुटिएका हतियार ओसारपसार रोक्न सहयोग गर्ने
काठमाडौँ । आन्दोलनका क्रममा लुटिएका हतियार र अन्य सामान सार्वजनिक सवारीसाधनमा ओसारपसार रोक्न यातायात व्यवसायीले सघाउने बताएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सहित सरोकारवाला र यातायात व्यवसायीबीच आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आन्दोलनका क्रममा लुटपाट गरिएका हतियार सहितका सामग्री सवारी साधनबाट ओसारपसार हुन नपाउने गरी तत्काल सूचना जारी गर्ने निर्णय भएको सचिव केशवकुमार शर्माले जानकारी दिए ।
उनका अनुसार बैठकले वर्तमान परिस्थिति एवं चाडबाडको समयमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुलाई सहजै गन्तव्यसम्म जान सक्ने गरी यातायात व्यवस्थापन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायत सरोकारवाला सबैलाई अनुरोध गर्ने निर्णय समेत भएको छ ।