२ माघ २०८२, शुक्रबार
16 January , 2026,Friday

पूरक बजेट नल्याउने नवनियुक्त अर्थमन्त्री खनालको घोषणा

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तत्काल पूरक बजेट नल्याउने घोषणा गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि उनले तयारी नभएका र साना आयोजनाको कार्यान्वयन रोकेर त्यसबाटै निर्वाचनको खर्च जुटाउने बताए ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेको छ । अर्थ सचिवले उपलब्ध गराएको जानकारीअनुसार, तत्काल आवश्यक नभएका आयोजनाहरू कटौती गर्दा एक खर्ब रुपैयाँ बचत हुने देखिएको छ ।


अर्थमन्त्री खनालले अर्थ मन्त्रालयका लागि तत्काल नयाँ गाडी नकिनी भएका गाडीबाटै काम चलाउने निर्णय पनि गरेका छन् । उनले पुनर्निर्माणलाई प्राथमिकता दिँदै तत्काल भत्किएका भौतिक संरचनाबाट धुवाँको कालो हटाएर भए पनि 'हामी उठ्दै छौँ' भन्ने सन्देश दिनुपर्नेमा जोड दिए ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्