२ माघ २०८२, शुक्रबार
16 January , 2026,Friday

विद्यार्थी भिसामा एक महिनामै विदेशियो १४ अर्ब ३१ करोड

काठमाडौँ । अध्ययनका लागि विदेशिने क्रम बढ्दै गएको छ । एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ विदेशिएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय गत वर्षको तुलनामा थोरै कम छ । चालु आवको पहिलो महिनामा अध्ययनका लागि १४ अर्ब ३१ करोड व्यय भएकामा गत आवको सोही अवधिमा १४ अर्ब ९६ करोड थियो । 
चालु आवको पहिलो महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय २.८ प्रतिशतले कमी आई २१ अर्ब ७० करोड पुगेको छ । यस्तै, अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २२ अर्ब ३२ करोड रहेको थियो । 
समीक्षा अवधिमा खुद सेवा आय १३ अर्ब ३९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १५ अर्ब ६ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १२.सात प्रतिशतले वृद्धि भई पाँच अर्ब ३८ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार अर्ब ७७ करोड थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्