२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

प्रधानमन्त्री निवासको पुस्तकालय सञ्चालनमा

काठमाडौँ । प्रधानमन्त्री निवास, बालुवाटारमा आजदेखि 'पिपुल्स लाइब्रेरी' सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा सो पुस्तकालय सञ्चालनमा आएको हो । 
'पिपुल्स लाइब्रेरी' मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न शाक्यले दुई साताअघि सार्वजनिक आव्हान गरेका थिए । आव्हानबमोजिम पुस्तक उपहार दिने क्रम जारी रहेको छ । 
प्रधानमन्त्री निवासको पुनः निर्माणका क्रममा पुस्तकालय कक्षाको संरचना भए पनि हालसम्म पुस्तक सङ्कलन तथा प्रयोग भएको थिएन । पुस्तकालय आरम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती शाक्यको पहललाई धन्यवाद दिँदै पहिला पहिला ज्ञानको बैङ्कका रूपमा रहेको पुस्तक रहने भएकाले उल्लेख गरे । 
पुस्तकालयलाई औपचारिक रूपमा थालनी गर्ने तत्कालीन राजा गृवाणयुद्धविक्रम शाहको स्मरण गरे । उनले यस पुस्तकालयलाई गहन पुस्तकालय बनाउन पहल गर्ने पनि बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्