२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

शिक्षाको पछौटेपनलाई हटाउन सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री

तस्बिरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाको पछौटेपनलाई हटाउन सरकारले काम गरिरहेको बताएका छन् ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले शिक्षा क्षेत्रलाई अघि बढाउने सन्दर्भमा नेपाल सरकारले विशेष पहल गर्ने बताए ।

प्रधानमन्त्रीले शिक्षाको परिस्थितिमा सकारात्मक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । उनले शिक्षालाई बालबालिकाको तहदेखि मजबुत आधार बनाउने काममा सरकार लागेको उल्लेख गरे । नयाँ पुस्ताका बालबालिकाहरू असक्षम नरहेको भन्दै उनले उनीहरूले रुचाएको शिक्षा दिनुपर्नेमा जोड दिए । 

शिक्षा दिने तरिकामा परिवर्तन गर्न जरुरी रहेको उनको भनाई थियो । उनले भने, 'सबै शिक्षा क्षेत्रमा लिड गरिरहेका, काम गरिरहेका साथीहरूलाई म भन्न चाहन्छु, हाम्रो नयाँ पुस्ताका बालबालिकाहरू लद्दु छैनन्, असक्षम छैनन् । पढ्न नसक्ने, नजान्ने छैनन्, अन्तै केही कमजोरी छ, जो खोज्नुपर्छ । विद्यार्थी फेल भएका होइनन्, विद्यार्थी फेल बनाइयो, फेल भए । किन फेल भए रु विद्यार्थीको कारणले फेल भएनन् । तिनीहरूको जे विषयमा ट्यालेन्सी छ, त्यो चिनिएन । एउटा रुचि भएकालाई अर्कै शिक्षा दिइयो । शिक्षा दिने तरिका भएन । जसले गर्दा उसले सिक्न सकेन', प्रधानमन्त्री ओलीले भने, 'शिक्षालाई एकदम जगैदेखि, बालबालिकाको तहदेखि मजबुत आधारको रूपमा बालबालिकालाई शिक्षा दिनुपर्छ । अहिलेको विद्यमान शिक्षाको पछौटेपनलाई हटाउन सरकारको तर्फबाट म भन्न चाहन्छु, सरकार लागि परेको छ । आज राष्ट्रिय शिक्षा दिवसको अवसरमा अब खासगरी शिक्षा क्षेत्रलाई अघि बढाउने सन्दर्भमा नेपाल सरकारले विशेष पहल गर्नेछ । परिस्थितिमा सकारात्मक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउँछु ।'

प्रधानमन्त्री ओलीले शिक्षामा नेपाल अब पछाडि पर्न नहुने बताए । उनले शिक्षा, सीप, विज्ञान र प्रविधिको क्षेत्रमा पछाडि परेको यथार्थलाई बदल्नुपर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्