२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

तीन दिन शैक्षिक संस्था बन्द, सबै परीक्षा स्थगित गरी उद्धार र राहतमा जुट्न आह्वान

फाइल फोटो

काठमाडौँ । अविरल वर्षाबाट भएको मानवीय तथा भौतिक क्षतिका कारण तीन दिन शैक्षिक संस्था बन्द हुने भएको छ । 
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी भोलिदेखि तीन दिन शैक्षिक संस्था बन्द तथा सबै परीक्षा स्थगित गरी उद्धार र राहतमा जुट्न सबै पक्षलाई आग्रह गरेको छ । 
अविरल वर्षाका कारण देशभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विश्वविद्यालय सहित सबै शैक्षिक संस्थाका परीक्षा स्थगित गर्ने र विद्यालयहरूमा उद्धार र विपद् व्यवस्थापन सहजताका लागि देशैभरका विद्यालय असोज १३ गतेदेखि ३ दिनसम्म बन्द गर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।स्थगित परीक्षा परिस्थिति आङ्कलन गरेर उपयुक्त समयमा सञ्चालन गर्न अनुरोध गरेको छ । 
यसैगरी विपद्‍मा परि ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा मन्त्रालयले गहिरो समवेदना प्रकट गरेको छ । 
यसअघि  कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा  बसेको विपद् व्यवस्थापन सम्बन्धी आकस्मिक बैठकले गरेको निर्णय अनुसार सो अनुरोध गरेको शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्