एसइईमा 'नन ग्रेड' आउनेले पनि सिटिइभिटीमा प्रि-डिप्लो पढ्न पाउने
फाइल फोटो
काठमाडौँ । एसइई परीक्षामा नन ग्रेड आएका विद्यार्थीहरूले पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT)का प्रि-डिप्लोमा कोर्समा अध्ययन गर्न पाउने भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना प्रकाशित गरेर एसइईमा एनजि आए पनि सिटिइभिटीमा प्रि-डिप्लोमा पढ्न पाइने नयाँ व्यवस्था गरिएको जनाएको छ ।
यस अघि सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आफ्नो वेबसाइट https://itms.ctevt.org.np:5580/ मार्फत एनजि आएका विद्यार्थीहरूले सिटिइभिटी अन्तरगतका प्रि-डिप्लोमा अध्यापन हुने शिक्षण संस्थामा सम्पर्क गर्न सो अनुरोध गरेको थियो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?