कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा डा. पाल नियुक्त
फाइल फोटो
काठमाडौं । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त रजिष्ट्रारमा प्राडा पुष्करबहादुर पाललाई नियुक्त गरेका छन् । सोही विश्वविद्यालयमा कार्यरत डा. पाल पशु चिकित्साविज्ञ हुन् ।
विश्वविद्यालयका उपकुलपति प्राडा शारदा थपलियाको सिफारिसमा कुलपति ओलीले आज डा. पाललाई नियुक्त गरेका हुन् । चितवनको रामपुरस्थित सो विश्वविद्यालयमा करिब चार हजार विद्यार्थी अध्ययनरत गरिरहेका छन् ।