२४ वैशाख २०८३, बिहिबार
7 May , 2026,Thursday

शिक्षाको सुधारका लागि राजनीति सही हुनुपर्छ : डा बाबुराम भट्टराई

फाइल फोटो

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले शिक्षा क्षेत्रमा पर्याप्त बजेट छुट्याउनुपर्नेमा जोड दिएका छन् । 

काठमाडौंको माइतिघर मण्डलामा शैक्षिक अभियन्ता नेत्र चापागाईँको शिक्षा क्षेत्रको सुधारको आन्दोलनलाई ऐक्यबद्धता दिन आइपुगेका पूर्व प्रधानमन्त्री डा भट्टराईले शिक्षा क्षेत्रको सुधारका लागि सही राजनीतिक हुनुपर्नेमा जोड दिए । 

सीमित साधन स्रोतकाबीच पनि प्राथमिकीकरण गरेर शिक्षा क्षेत्रको विकास गर्न जरूरी रहेको औँल्याउँदै उनले यसतर्फ राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए । 

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पूर्व शिक्षामन्त्री शिशिर खनालले शिक्षालाई बलियो र प्रभावकारी नबनाएसम्म देश विकास नहुने बताए ।


उहाँले पछिल्लो समयमा सार्वजनकि विद्यालयमा विद्यार्थीको सङ्ख्या घटिरहेको भन्दै चिन्ता प्रकट गर्नुभयो । उहाँले पैसा हुने र नहुनेबीच दु्ईवटा समाज निर्माण भएको दाबी गर्दै सार्वजनिक स्कुलमा पढ्ने विद्यार्थीले राम्रो शिक्षा आर्जन गर्न सक्छन् भन्ने ग्यारेन्टी सरकारले गर्नुपर्नेमा जोड दिनुभयो । 


कार्यक्रममा विवेकशील साझा पार्टीका रञ्जु दर्शना, शिक्षक महासङ्घका पुष्पराज कुँवरलगायतले शैक्षिक गुणस्तर सुधारका लागि आमूल परिवर्तनको खाँचो रहेको औँल्याउनुभएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्