अधिकृतमा प्रवेश गर्ने उमेर घटाउन लोक सेवाको सुझाव
फाइल फोटो
काठमाडौं । लोक सेवा आयोगले अधिकृत स्तरको पदमा निजामती सेवामा प्रवेश गर्न उमेर हद घटाउन सुझाव दिएको छ ।
प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिमा आयोगले सरकारले विधेयकमा प्रस्ताव गरेको सेवा प्रवेशको उमेर हद घटाउने प्रस्ताव उचित ठहर्याएको हो ।
आयोगका अध्यक्ष माधव रेग्मीले समितिको बैठकमा सेवा प्रवेश गर्ने अधिकतम उमेर पुरूषको हकमा ३२ वर्ष र समावेशी समूह अन्तर्गतको महिला र अपाङ्गता भएकाको हकमा ३७ वर्ष कायम गर्न सुझाव दिएका हुन् ।
सरकारले ल्याएको विधेयकमा पनि पुरूषको हकमा ३२ वर्ष र महिलाको हकमा ३७ वर्ष उमेर प्रस्ताव गरिएको छ। अहिलेको निजामती सेवा विधेयकमा पुरूषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्षसम्म सेवा प्रवेश गर्न सक्ने व्यवस्था गरिएको छ ।
आयोगका अध्यक्ष माधव रेग्मीले सेवा प्रवेशको उमेर घटाउने प्रस्ताव राख्नुका चार कारण समितिमा दिए । पहिलो, रेग्मीले नेपालमा शिक्षाको पहुँच बढेका कारण सेवा प्रवेशको अवधि घटाउनु उचित हुने बताए ।