२४ वैशाख २०८३, बिहिबार
7 May , 2026,Thursday

यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि हुने

काठमाडौं,


राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।


पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ–अनिवार्य संस्कृत रचना, अनिवार्य अङ्ग्रेजी मदरसातर्फ–अनिवार्य अरेबिक भाषा अनिवार्य अङ्ग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ) अनिवार्य नेपालीको परीक्षा हुनेछ ।


परीक्षा चैत १९ गते मङ्गलवार सकिनेछ । परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने कार्यतालिकामा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्