२४ वैशाख २०८३, बिहिबार
7 May , 2026,Thursday

शिक्षामन्त्री भट्टराईद्वारा राष्ट्रिय किताब खानाको अनुगमन

तस्बिरः शिक्षामन्त्रीको सचिवालय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बुधबार  राष्ट्रिय किताबखाना (शिक्षक)को आकस्मिक अनुगमन गरेका छन् । अनुगमनका क्रममा मन्त्री भट्टराईले निवृत्तिभरण प्रमाणपत्र बनाउने प्रक्रिया, अभिलेख व्यवस्थापन तथा सेवाग्राहीसँग कार्यसम्पादनको प्रवाहका बारेमा जानकारी लिए । 
उक्त अनुगमनका क्रममा सेवाग्राहीहरूसँग पनि उनले सेवाको प्रभावकारिताबारे चासो राखेका थिए । अनुगमनपश्चात् मन्त्री भट्टराईले राष्ट्रिय किताब खानाको कामका बारेमा बेलाबेलामा गुनासाहरू आइरहने गरेको हुनाले आइन्दा गुनासा नआउने किसिमले काम गर्न निर्देशन दिए । 
शिक्षकहरूले पेश गरेको सिटरोलको Digitization समयमै सक्न र सिटरोल तथा निवृत्तिभरण र सम्पत्ति विवरणका अभिलेखहरूको भण्डारणका लागि तत्काल कार्य योजना तयार गरी मन्त्रालयमा पेश गर्न निर्देशन दिए । 
अनुगमनका क्रममा राष्ट्रिय किताबखाना (शिक्षक) का उपमहानिर्देशक युवराज पौडेलले किताब खानाबाट हुने गरेका कामकारबाही र प्रक्रियाका बारेमा जानकारी गराएका थिए । उक्त अनुगमनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिव सापकोटा सहितका व्यक्तिहरूको  उपस्थिति थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्