२ माघ २०८२, शुक्रबार
16 January , 2026,Friday

१९२ जना विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमति पत्र जारी

काठमाडौँ । शिक्षा मन्त्रालयले शुक्रबार १ सय ९२ जना विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) प्रदान गरेको छ । जेनजी आन्दोलन र त्यसपछिको कर्फ्युले स्थगित एनओसी वितरणलाई निरन्तरता दिएको मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले जनाएको छ ।
प्रदर्शनका क्रममा शिक्षा मन्त्रालय पूर्ण क्षति भए पनि शाखा सानोठिमी, भक्तपुरमा रहेकाले सुचारु गर्न सम्भव भएको शाखाका एक उपसचिवले जनाए ।
४ सय ३१ अनलाइन आवेदन दर्ता भएकोमा १ सय ७७ रीतपूर्वक कागजात पेस नभएकाले रद्द गरिएको शाखाले जनाएको छ । यसअघि सेवा स्थगनका बेला परेका ५ सय ६१ आवेदन सत्यापन गर्न बाँकी रहेको समेत शाखाले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्