२ माघ २०८२, शुक्रबार
16 January , 2026,Friday

आजदेखि विद्यालय सञ्चालन

फाइल फोटो

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि देशभरिका विद्यालयहरू स्थानीय पालिकासँगको समन्वयमा सुचारु गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिव सापकोटाले नजिकिँदै गएको चाडपर्व र पालिकाको अवस्था हेरेर अनुकूल वातावरणमा विद्यालय सञ्चालन गर्न पालिकालाई नै स्कुल सुचारुको जिम्मा दिइएको बताए ।
उनका अनुसार आइतबार व्यवस्था मिलन र शिक्षक तथा विद्यालयका चिजबिज व्यवस्थापन गर्न लाग्यो सोमबारदेखि क्रमशः खुल्दै जाने छन् । निजी विद्यालयहरूको छाता संगठन प्याब्सनका निवर्तमान अध्यक्ष डिके ढुंगानाले ललितपुर र काठमाडौँ महानगरपालिकाले सोमबारदेखि विद्यालय सञ्चालन गर्न सक्ने निर्देशन दिएअनुसार निजी विद्यालयहरू सोमबारदेखि विद्यालय सुचारु गर्ने तयारीमा जुटेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्