२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

नेपाल प्रहरीका दुई डीआइजी एआइजीमा बढुवाको सिफारिस

फाइल फोटो

काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् ।

प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि गरिएको सिफारिस सूचीका आधारमा बुधवार बसेको बढुवा समितिको बैठकले डीआईजीहरू कुबेर कडायत र रविन्द्र केसीलाई एआईजीमा बढुवा सिफारिस गरिएको हो ।

गत मंगलबार एआईजी किरण बज्राचार्य अनिवार्य अवकाशमा गएकी थिइन् । बज्राचार्यसँगै ११ पुसमा अर्का एआईजी भरतबहादुर बोहरा अनिवार्य अवकाशमा गएका थिए ।

एआईजी बढुवाका लागि डीआईजीहरु कुवेर कडायत, चन्द्रकुवेर खापुङ, रवीन्द्र केसी, जनक भट्टराई बढुवाको दाबेदार थिए । कडायत र केसी आउँदो ५ चैत्रमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँगै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्