३० उपसचिवको सरुवा, को कहाँ पुगे ?
फाइल फोटो
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयले सोमबार अतिरिक्त समूहलगायत विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।
कर्मचारी व्यवस्थापनको जिम्मेवारी पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अव्यवस्थाका कारण कर्मचारी संयन्त्र लथालिङ्ग हुँदै गएको छ ।
चौतर्फी आलोचनासँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयलाई तीन दिने चेतावनी पत्राचार गरेपछि सोमबार मात्रै मन्त्रालयले अतिरिक्तमा रहेका दर्जनौँ उपसचिवहरूको व्यवस्थापन गरेको हो ।


