१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

सूर्य नेपालद्वारा दमौली अस्पताललाई दुई थान डायलिसिस मेसिन सहयोग

तनहुँ । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई  २८ लाख रुपैयाँ बराबरका दुई थान हेमोडायलिसिस मेसिन प्रदान गरेको छ । 
कम्पनीका जनसम्पर्क प्रमुख अञ्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा.परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गरेका हुन् । अस्पतालमा हाल दश वटा डायलिसिस मेसिन छन् । 
अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलिसिस सेवा प्रवाह गरिरहेको डा.बरालले राससलाई जानकारी दिए । एउटा मेसिनबाट दैनिक तीन जना बिरामीको सेवा भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्