२० जेठ २०८३, बुधबार
3 June , 2026,Wednesday

कार्यालयमा अनुपस्थित भेटिएका मेडिकल अधिकृतसहित ९ स्वास्थ्यकर्मीलाई तीन दिने स्पष्टीकरण

फाइल फोटो

काठमाडौँ,

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ९ जना स्वास्थ्यकर्मीहरू कार्यालय समयमा अनुपस्थित भेटिएपछि तीन दिने स्पष्टीकरण सोधिएको छ।


नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर जिसी नेतृत्वको टिमले प्राथमिक स्वास्थ्य केन्द्रमा छड्के निरीक्षण गर्दा सबै स्वास्थ्यकर्मी अनुपस्थित भेटिएका थिए।

सूचीअनुसार, अनुपस्थित हुनेहरूमा मेडिकल अधिकृतदेखि कार्यालय सहयोगीसम्मका कर्मचारीहरू रहेका छन्।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्