'द बडी सप'को नयाँ आउटलेट लबिम मलमा
तस्बिरहरूः शब्दन्युज डटकम
ललितपुर । ललितपुरको लबिम मलमा गुणस्तरीय सौन्दर्य सामाग्रीसहितको 'दी बडी सप'को दोस्रो शाखाको सुरुवात भएको छ। नेपालका लागि बेलायतका राजदूतले रोब फेनले बिहीबार राजधानीमा आयोजित कार्यक्रमबिच उक्त सौन्दर्य सामाग्रीसहितको दोस्रो शाखाको उद्घाटन गरेका हुन्।
त्यस अवसरमा उनले जनावर, पर्यावरणको संरक्षणको आवाजसँगै बेलायतको लन्डनमा स्थापित दी बडी सपले नेपाली पर्यावरण प्रेमी उपभोक्ता समक्ष आइपुगेको बताएका थिए। राजदूतले प्राकृतिक सौन्दर्य, यहाँको संरक्षित जनावर बाघलगायत सगरमाथाको देशका रूपमा चर्चित मुलुक नेपालमा दी बडी सपका कारण जनावर र प्रकृतिको संरक्षणका लागि हामी ऐक्यबद्ध छौँ, भन्ने सन्देश दिने विचार व्यक्त गरे।
.png)
दी बडी सप नेपालका व्यवस्थापक-निर्देशक सरु अर्याल प्रधानले सन् २०२१ मा दरबार मार्गमा स्थापना गरिएको उक्त व्यवसायको अनुभवले नेपालमा पनि गुणस्तरीय सौन्दर्य सामग्रीको खोजी गर्ने उपभोक्ता बढिरहेको जानकारी पाएपछि त्यसको शाखा लबिम मलमा पनि खोलिएको जानकारी दिए। पछिल्लो समय बजारमा आएको ट्रेन्ड फलो गर्ने प्रवृत्ति रहेपनि आफूलाई कुन प्रोडक्ट सुटेबल हुन्छ त्यसअनुसार सचेत भएर ब्यूटी तथा स्किनकेयर प्रोडक्ट प्रयोग गर्नुपर्ने उनले बताए।
.png)
'लन्डनमा स्थापित सौन्दर्य सामग्रीको यस ब्रान्डले व्यापार, व्यवसाय मात्र गर्दैन, अर्ग्यानिक उत्पादनमा आधारित सौन्दर्य सामग्री बनाउने हुनाले विश्वका ग्रामीण भेगका न्यून आय भएका महिलालाई अर्ग्यानिक वस्तु उत्पादनमा प्रोत्साहन गर्दै रोजगारीमा महिलालाई प्राथमिकता पनि दिन्छ र यस धर्तीमा आएका सबै प्राणीको बाँच्ने हकको रक्षाको साथै पर्यावरणको प्रवर्धन पनि सँगसँगै गर्ने नारा बोकेकाले यस व्यवसाय मानव हितसँग पनि जोडिएको छ', उनले भनिन्।
.png)
निर्देशक प्रधानले बडी सपमा पाइने सामग्री विषादी र रासायनिक मलको प्रयोग नगरी उत्पादित फलफूलमा आधारित हुने भएकाले शरीरका छाला कपालमा लगाउँदा निक्कै राम्रो परिणाम दिन्छ, एक पटक दी बडी सपका सामग्री उपभोग गरेका स्वदेशी तथा विदेशी उपभोक्ताको रोजाइमा परेर उपभोक्ता खोजी/खोजी आउने गरेको अनुभव सुनाए।
.png)
उनले दी बडी सपका सामग्री प्रयोग गर्दा विश्वका विपन्न महिलाले कामको मूल्य पाउने, आफ्नो कपाल, छालाको स्वास्थ्य राम्रो पनि हुने र जनावर र जलवायु, पर्यावरणको रक्षा हुने लगायतका फाइदा हुने भएकाले प्रचार सामग्री हेरेर होइन, यहाँका सामग्री प्रयोग गरेर अनुभव बटुल्न आग्रह समेत गरे।
.png)
दी बडी सपका साझेदारका रूपमा आबद्ध गेट पेपर इन्डस्ट्रिजका मिलनदेव भट्टराईले दी बडी सपका सबै सामग्री प्याकिङ गर्ने कागजका बट्टा नेपालबाट निर्यात भइरहेको र विगत ३७ वर्षदेखिको साझेदारी कायम रहेको त्यस अवसरमा बताएका थिए।
.png)