२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

पुस्तक नीति बनाउने कार्यमा यथोचित सहयोग गर्ने छु : संस्कृतिमन्त्री

काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पुस्तक नीति बनाउने कार्यमा आफ्नो सक्रिय रूपमा योगदान रहने बताएका छन् ।

काठमाडौँको भृकुटीमण्डपमा नेपाल नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा सुरू भएको दोस्रो अन्तर्राष्ट्रिय किताव प्रदर्शनी मेलाको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।

मन्त्री पाण्डेले भने, 'पुस्तक प्रर्दशनीले असल मार्गमा डोर्याउँछ । यसले सकारात्मक प्रेरणा प्रदान गर्नुका साथै ज्ञानको मार्गलाई अगाडि बढाउने गर्दछ । नेपालमा हालसम्म पुस्तक नीति समेत बनेको छैन । पुस्तक नीति बनाउने सन्दर्भमा मेरो यथोचित सहयोग रहने छ । '

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्