११ असार २०८३, बिहिबार
25 June , 2026,Thursday

संसद् भवन परिसरमा प्रहरी जवानद्वारा आत्महत्या

काठमाडौँ । नयाँबानेश्वरस्थित संघीय संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् । 
संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले बताए । 
प्रहरी जवान गोलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेका प्रमुख रजौरेले जानकारी दिए । घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्