२८ साउन २०८३, बिहिबार
13 August , 2026,Thursday

स्रोत नखुलेको १४ लाख ८० हजार रुपैयाँसहित एकजना नियन्त्रणमा

रौतहट । सशस्त्र प्रहरीले १४ लाख ८० हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । रौतहट जिल्लाको बौधिमाई नगरपालिका–७ बंकुलस्थित सीमा इलाकाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा लिएका व्यक्ति भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी झरोखर–७ जमुनिया बस्ने ३१ वर्षीय युवक रहेका छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमुजवाले नियन्त्रणमा लिएको हो । बीआर ०५ बीबी ६२१२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले जाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाई छिपाई ल्याउँदै गरेको उल्लेखित रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिएका उनलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ । बरामद मोटरसाइकलको भन्सार दाखिला मूल्य २ लाख रुपैयाँ रहेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्