दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्रप्रसाद यादव नियुक्त
काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा डा राजेन्द्रप्रसाद यादव नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले यादवलाई दोस्रो कार्यकालका लागि बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहले सुनौलो नेपाललाई जानकारी दिइन ।
राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले ६ जनाको नाम सिफारिस गरेको थियो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?