२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

महिला, बालबालिका मन्त्री चौधरीलाई मातृशोक !

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीलाई मातृशोक परेको छ । मन्त्री चौधरीकी सासूआमा महेश्वरी देवी चौधरीको ८० वर्षको उमेरमा निधन भएको हो ।
शुक्रबार दाङ, लमही नगरपालिका वडा नं. १ स्थित आफ्नै घरमा उनको निधन भएको मन्त्री चौधरीका देवर करण चौधरीले जानकारी दिए । सात जना छोरा र तीन छोरीकी आमा चौधरीको आज शनिबार परम्परागत रूपमा अन्त्येष्टि गरिने छ । मन्त्री चौधरीले सासूआमाको निधनले आफू स्तब्ध भएको भन्दै अन्तिम संस्कारका लागि दाङ जान लागेको बताए ।
सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा निर्वाचित मन्त्री चौधरी समाजसेवी, थारु अगुवा युवा दिनेश चौधरीसँग विवाह गरेर दाङ गएकी थिक्षन् । पछि श्रीमानसँगै दाङबाट सुनसरी आएर विभिन्न सामाजिक क्षेत्रमा सक्रिय दिनेश चौधरीको २०६४ साल असार १२ गते दुर्घटनामा निधन भएको थियो ।
त्यसपश्चात् मन्त्री चौधरीले सुनसरी र दाङ दुवैतिर पारिवारिक जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्