आइसियुमा उपचार हुँदै क्याप्टेन शाक्यको
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका पाइलट मनिष शाक्यको अहिले काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ ।
उनलाई आइसियुमा राखेर उपचार भइरहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । मैनालीका अनुसार उनी बोल्न सक्ने अवस्थामा छन् ।
विमानमा सवार १९ मध्ये अन्य १८ जनाको मृत्यु भइसकेको छ । प्रहरीका अनुसार, १८ जनाकै शवहरू उद्धार गरेर अहिले त्रिभुवन शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।
बुधबार बिहान ११ः११ बजे दुर्घटनामा परेको जहाज दुर्घटनापछि खोज तथा उद्धारको लागि दमकल, सुरक्षाकर्मीहरू, एम्बुलेन्स लगायत खटिएको थियो ।
क्याप्टेन शाक्यले सन् २००९ देखि गुण एयरलाइन्स उडान सुरु गरेका थिए । क्याप्टेन मनिषरत्न शाक्य २०१२ मा सिम्रिक एयरलाइन्सबाट उडान सुरु गरेका थिए । करिब ३ वर्ष सिम्रिक एयरलाइन्समा ट्रेनिङ म्यानेजरको रूपमा काम गरे । शाक्यले २०१४ देखि सिम्रिक एयरलाइन्समा सुरु गरेका थिए ।
पछिल्लो ९ वर्ष ८ महिनादेखि चिफ अफ अपरेसन रहेका छन् । शाक्यले मसुरी मोर्डन र सेन्ट जेभियर्स स्कुलमा अध्ययन गरेका हुन् ।