प्रधानमन्त्री ओलीले सुरु गरे मन्त्री र सचिवहरूसँग ब्रिफिङ लिन
तस्बिरः प्रधानमन्त्रीको सचिवालय
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूसँग ब्रिफिङ लिन सुरु गरेका छन् ।
सबै मन्त्रालयका मन्त्री र सचिवहरूलाई राखेर प्रधानमन्त्री ओलीले ब्रिफिङ लिन सुरु गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा ब्रिफिङ सुरु भएको हो ।
ब्रिफिङमा मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सबै सचिव सहभागी छन् ।
